बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेशमा भएका छुट्टा-छुट्टै घटनामा ५ जनाको मृत्यु

बुधबार, २२ असार २०७९, १३ : ०१
बुधबार, २२ असार २०७९

लुम्बिनी प्रदेशमा भएका छुट्टा-छुट्टै घटनामा ५ जनाको मृत्यु भएको छ।  कपिलवस्तु, पाल्पा र दाङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा भएका  विभिन्न घटनामा ५ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएकाले छ । 

प्रहरीका अनुसार कपिलवस्तुमा  जिल्लाका  विभिन्न घटनामा तीन जनाको मृत्यु भएको  छ । कपिलवस्तुको शिवराज नगरपालिका २ हल्ला नगर बस्ने राजु रोका मगरको छोरा ८ वर्षीय सु चाङ रोका मगरको सोही ठाउँस्थित सुराई खोलामा डुबेर मृत्यु भएको छ ।   

कपिलवस्तुको महाराजगन्ज नगरपालिका ६ सानो बटहनिया स्थित जङ्गलमा करिब ५० वर्षीय महिला  मृत अवस्थामा फेला परेकी छन् ।  यस्तै  कृष्ण नगर नगरपालिका २ पुरानो बसपार्कस्थित यात्रु प्रतीक्षालयभित्र भारत घर भएकी करिब ५३ वर्षीय माया बाई मृत अवस्थामा फेला परेकी छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

यस्तै गरी दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ७ बेतही खोला किनारमा सोही ठाउँ बस्ने ४१ वर्षीय दीपक थापा  मृत अवस्थामा  भेटिएका छन्, भने पाल्पा जिल्लाको  रामपुर नगरपालिका ७ विजयपुर चोकस्थित सडक छेउमा सोही नगरपालिका ५ बस्ने स्याङ्जा चाप कोटका  ६९ वर्षीय भुवन दमाई  मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको लुम्बिनी प्रदेश कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप