आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सभामुख सापकोटा दलका प्रमुख सचेतकसँग परामर्शमा

बुधबार, २२ असार २०७९, १२ : ५४
बुधबार, २२ असार २०७९

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक बोलाउनुअघि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् । नयाँ बानेश्वस्थित संसद भवनमा काँग्रेस र माओवादी केन्द्रका प्रमुख सचेतक तथा सचेतक, संघीय संसदका महासचिव लगायत बिच परामर्श भइरहेको सभामुखको सचिवालयले जनाएको छ । बैठकमा एमालेका प्रतिनिधि भने सहभागी छैनन् । 

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक २ घण्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन् । सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधि सभामा बोल्न दिने अनौपचारिक खबर आएपछि एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने बताएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप