सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरू
![सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरू](https://rpcdn.ratopati.com/media/albums/student-exam-parixa_PGxK87YFkf.jpg)
नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु भएको छ । बेँसीशहर नगरपालिका(२ बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ सुरु गरेको हो ।
सैनिक र गैरसैनिक सबैका लागि कृषि तथा भेटेरीनरीसम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई सेनाले स्तरोन्नती गरी नेपाली सेना कृषि विज्ञान संस्थान बनाएको हो । सेनाले सैनिक कल्याणकारी कोषअन्तर्गत कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ हुने गरी कृषि संस्थान सुरुवात गरेको हो ।
१६ असारबाट औपचारिक रुपमा कक्षा सञ्चालन भएको क्याम्पसका कार्यकारी निर्देशक डा.श्यामसुन्दर शर्माले बताए । उनका अनुसार हाल नेपाली सेना परिवारतर्फ २३ जना र सिभिलतर्फका २२ जना ४५ जना विद्यार्थी भर्ना भएका छन् ।
क्याम्पसमा नेपाली सेना परिवारतर्फका २४ र गैरसैनिकतर्फ २४ जना गरी प्रतिवर्ष ४८ जना विद्यार्थीले अध्ययनको अवसर पाउँनेछन् । क्याम्पस सञ्चालनसँगै नेपाली सेनाले सो क्षेत्रमा करिब चार सय ५० रोपनी जग्गामा व्यवसायिक कृषि उत्पादन पनि सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका १० भ्रातृ संगठनले चैत मसान्तसम्म महाधिवेशन गरिसक्नुपर्ने
-
निर्देशिका विपरीत सञ्चालित विदेशी सम्बन्धन कलेजमा भर्ना नगर्न सूचित गर्ने शिक्षा मन्त्रालयको निर्णय
-
यी फलफूल र तरकारी मधुमेह रोगीका लागि फाइदाजनक हुन सक्छन्
-
देशभर १० स्थानमा अडिसन गर्दै ‘मिस्टर नेपाल’
-
‘कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव छ’
-
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः वामदेव गौतम