सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

गठ्ठाघरमा स्कुटर दुर्घटना हुँदा किशोरीको मृत्यु

बुधबार, २२ असार २०७९, १२ : ४२
बुधबार, २२ असार २०७९

भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएकी १९ वर्षीया रेजिना तामाङ छिन् । 

मंगलबार दिउँसो बा.४ ख २२१२ नम्बरको बस र बा.७८ प १०८३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएकी रेजिनाको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पताल, कौशलटारमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप