शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

बुधबार, २२ असार २०७९, १२ : ४१
बुधबार, २२ असार २०७९

कैलाली, झापा र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  कैलालीको धनगढी उपमहानगरपालिका–९ गौरिकटानबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रेम ताम्राकार छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रेमलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट ८ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका–१२ बस्ने २९ वर्षीय धर्म बडौलालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  से.७ प ६२३७ नम्बरको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार बडौलालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट करिब ९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका बस्ने २२ वर्षीय मिलन दर्जी छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

भारतबाट नेपालतर्फ आउँदै गरेका दर्जीलाई इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

पर्साको वीरगन्ज महानगरपालिका–२८ बगहीबाट करिब ९० किलोग्राम अवैध लागूऔषध गाँजा सहित दुई जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा भारत घर भएका ३० वर्षीय रविकान्त भारती र २८ वर्षीय सुनिल भारती रहेका छन् । 

यूपी ७० बीके ९९५५ नम्बरको कारलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा कारको डिकीमा लुकाई ल्याएको उक्त गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप