खैरो हेराइन सहित कैलालीबाट २ जना पक्राउ
बुधबार, २२ असार २०७९, १२ : ३०
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका बाट प्रहरीले लागु औषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ गौरिकटान घर भएका २३ वर्षीय प्रेम ताम्राकार र गोदावरी नगरपालिका–१२ घर भएका २९ वर्षीय धर्म बडौला छन् ।
प्रेम ताम्राकारको साथबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट पक्राउ गरिएको बडौलाको साथबाट प्रहरीले ८ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको घाँसीकुवा नजिकै पहिरो, पृथ्वी राजमार्ग ठप्प
-
अपडेट : खुर्कोट बजारस्थित सशस्त्रको बेसबाट हतियार सारियो
-
ग्यास चुहिँदै गरेको अवस्थामा बाढीले बगायो बुलेट, च्यासल क्षेत्रमा त्रास
-
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
-
बाढीले खुकोर्ट बसपार्क डुबानमा, बीपी राजमार्ग अवरुद्ध
-
कुलेखानीको २ वटा ढोका खोलियो