बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ड्रममा राखेको पानीमा डुबेर बालिकाको मृत्यु

बुधबार, २२ असार २०७९, १२ : १५
बुधबार, २२ असार २०७९

आफ्नै घरको ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको ज्यान गएको छ। हरिवन नगरपालिका–२, निवासी विजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो ।

ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्यार्एपछि चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयारी गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।

शव परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप