बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ग्यासको मूल्य बढ्यो

बुधबार, २२ असार २०७९, १२ : ०३
बुधबार, २२ असार २०७९

भारतमा घरेलु एलपीजी ग्यास सिलिन्डरको मूल्य बुधबार ५० भारुले बढेको छ । बढेको मूल्य आजदेखि नै लागू हुने बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार राजधानी दिल्लीमा अब एलपीजी ग्यासका लागि प्रयोगकर्ताले १ हजार ५२ भारु तिर्नुपर्नेछ । 

त्यस्तै, ५ किलोग्रामको घरेलु सिलिन्डरको मूल्य पनि १९ भारुले बढेको छ भने १९ किलोग्रामको व्यावसायिक सिलिन्डरको मूल्य साढे ८ सयले कम भएको छ । गत हप्ता पनि व्यावसायिक सिलिन्डरको मूल्य २ सय रुपैयाँले कम भएको थियो ।
बीबीसी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप