शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अर्थसचिव मधुकुमार मरासिनी बिदामा

बुधबार, २२ असार २०७९, ११ : ५३
बुधबार, २२ असार २०७९

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका छन् । 

अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अर्थसचिवज्यू हिजोसम्म अफिस आउनुभएको हो । हिजै मलाई सन्चो भएन भन्दै हुनुहुन्थ्यो । आज बिदामा बस्नुभएको छ,’ उनले भने, ‘कहिलेसम्म बिदामा बस्नुभएको हो, यो बुझ्न बाँकी छ ।’ 

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहने सीसीटीभी फुटेज माग्दा १३ दिनको मात्र बाँकी रहने र अरु आफैं मेटिँदै जाने मन्त्रालयले जवाफ दिएको थियो । यसपछि सीसीटीभी फुटेज डिलिट गरिएको र यसमा अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोको आशंका गरिएका बेला उनी बिदामा बसेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप