बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच वार्ता

बुधबार, २२ असार २०७९, ११ : ४६
बुधबार, २२ असार २०७९

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उनीहरुका बीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिए। 
 
उनले मङ्गलबार ट्वीट गर्दै आफूले बेलायती प्रधानमन्त्रीसँग फोनमा कुराकानी गरेको र त्यस समयमा युक्रेनको अवस्था र शान्ति सुरक्षाका विभिन्न विषयमा कुराकानी भएको जानकारी दिएका हुन् । 
 
त्यस वार्ताका क्रममा आफूले बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिएको पनि बताए। बेलायत सरकारले हालैमात्र गरेको एक निर्णयमा युक्रेनलाई १.२ अर्ब अमेरिकी डलर बराबरको सुरक्षा सहयोग गर्ने निर्णय गरेको थियो । 
 
त्यसैका लागि आफूले बेलायत सरकारलाई धन्यवाद दिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिए  । सो वार्तामा उनीहरुका बीचमा विश्वमा देखा परिरहेको खाद्यान्नको अभाव र युक्रेनका लागि आवश्यक सहयोगका विषयमा पनि कुराकानी भएको थियो ।
 
साथै आगामी वर्ष बेलायतले युक्रेनको पुनर्निर्माणसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न लागेको बताइएको छ । त्यसका लागि पनि आफूले बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेको राष्ट्रपति जेलिन्स्किीले जानकारी दिएको समाचारमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप