आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने एमालेको तयारी

बुधबार, २२ असार २०७९, ११ : २२
बुधबार, २२ असार २०७९

अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ । 

‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौ, अर्थमन्त्रीको जवाफ खोजेका होइनौ ।’

यसैबीच आज बिहान बसेको माओवादी केन्द्रको बैठकले बजेटबारे उठेका प्रश्नमा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी बैठकले एमालेसँग सल्लाह गरेर अघि बढ्ने निर्णय गरेको माओवादीका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप