बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार, २२ असार २०७९, ११ : ०५
बुधबार, २२ असार २०७९

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिराहाबाट भैसी लोड गरि काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप