मधेस प्रदेशसभा : आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल
बुधबार, २२ असार २०७९, ११ : ००
मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ ।
आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरु हुने प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । मन्त्रालयगत बजेटको छलफल सकिएपछि असार २५ गते आगामी आव २०७९/८० को बजेट पारित हुने मन्त्री साहले बताए ।
आर्थिक विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको हिजोको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल हुने मन्त्री साहको भनाइ छ । प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतहन्याहू ट्रम्पको पहिलो पाहुना, ह्वाइट हाउसमा गम्भीर भेटवार्ता
-
नारायणको बार आज कसलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा
-
अमेरिकी डलरको भाउ घट्यो, विदेशी मुद्रा अन्यको मूल्य कति ?
-
एटलेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
-
भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो