‘शार्दुल-सागर’ कविता संग्रह विमोचन
बुधबार, २२ असार २०७९, ०९ : ४६
सूर्यकुमार पण्डितको ‘शार्दुल-सागर’ नामक कविता संग्रह हालै विमोचन भएको छ । अनुपम साहित्य सिर्जना प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा मन्जुश्री साहित्यिक समाजका अध्यक्ष डा. बमबहादुर जितालीले पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार श्रीहरि फुँयालले पण्डितका कविताले समसामयिकता बोकेको बताए । अनुपम सिर्जना साहित्य प्रतिष्ठानका उपाध्यक्ष जगदीश्वर पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा विभित्र कविहरुद्वारा आ-आफ्नो रचना वाचन गरिएकाे थियो ।
कार्यक्रममा अनुपम साहित्य सिर्जना प्रतिष्ठानका अध्यक्ष भुवनहरि सिग्देलको स्वास्थ्य लाभको कामना गरिएको थियो । मञ्जुश्री साहित्यिक समाजले उक्त पुस्तक प्रकाशन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
-
ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने
-
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
-
नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु
-
पाकिस्तानमा इमरानका ५०० जना समर्थक पक्राउ