बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

‘शार्दुल-सागर’ कविता संग्रह विमोचन

बुधबार, २२ असार २०७९, ०९ : ४६
बुधबार, २२ असार २०७९

सूर्यकुमार पण्डितको ‘शार्दुल-सागर’ नामक कविता संग्रह हालै विमोचन भएको छ । अनुपम साहित्य सिर्जना प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा मन्जुश्री साहित्यिक समाजका अध्यक्ष डा. बमबहादुर जितालीले पुस्तकको विमोचन गरेका हुन् । 

पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार श्रीहरि फुँयालले पण्डितका कविताले समसामयिकता बोकेको बताए । अनुपम सिर्जना साहित्य प्रतिष्ठानका उपाध्यक्ष जगदीश्वर पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा विभित्र कविहरुद्वारा  आ-आफ्नो रचना वाचन गरिएकाे थियो । 

कार्यक्रममा अनुपम साहित्य सिर्जना प्रतिष्ठानका अध्यक्ष भुवनहरि सिग्देलको स्वास्थ्य लाभको कामना गरिएको थियो । मञ्जुश्री साहित्यिक समाजले उक्त पुस्तक प्रकाशन गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप