बेँसीशहर–चामे सडक एक साता बन्द हुने
बेँसीशहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो ।
सडक ढलान तथा स्तरोन्नतिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए । सङ्घीय सरकारको रु ६० लाखमा श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ ।
विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो । सेनाको कार्यगणले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।
पैँसट्ठी किलोमिटर दूरीको बेँसीशहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ । बर्खायाममा उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ । गत वर्ष बाढीपहिरोले एक महिनासम्म सडक अवरुद्ध भएको थियो । मनाङवासी हेलिकोप्टरको सहारामा बेँसीशहर हुँदै आ–आफ्नो गन्तव्यमा जाने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको पार्टीमा
-
‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत एक हजार नर्सले पाए रोजगार
-
सुतली बम पड्काएर सिराहामा लुटपाट
-
बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशनबाट बाहिरिँदै मेलिन्दा फ्रेन्च गेट्स
-
हतियार लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन
-
रुसले युक्रेनमा आक्रमण बढाउँदा ५,७०० जनालाई सुरक्षित स्थानमा सारियो