आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निर्माणाधीन त्रियुगा पुल भाँचिएको एक वर्षदेखि अलपत्र

बुधबार, २२ असार २०७९, ०७ : २९
बुधबार, २२ असार २०७९

उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा निर्माणाधीन शिवाई पुल भाँचिएको एक वर्षदेखि अलपत्र छ । अलपत्र अवस्थामा रहेर १२ वर्ष अघि निर्माण सुरु भएको पुल अन्तिम चरणमा बाढीले बगाएको थियो ।

निरन्तरको वर्षापछि आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधिन मोटरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको थियो । बाढीले क्षतिग्रस्त बनाएको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटरेबल पक्की पुलको अध्ययनका लागि सरकारले विशेषज्ञ टोली गठन गरेको थियो । तर, अझै निर्माणको काम सुरु भएको छैन । 

३ सय ७ मिटर लम्बाइ रहेको १२ वटा पिलर र ११ वटा स्याब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाई पट्टी रहेको पहिलो र दोस्रो पिल्लर नदीमा भासिएपछि पुल दुई टुक्रा भएको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप