काठमाडौं महानगरद्वारा सहरी सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन

person explore access_timeअसार २२, २०७९ chat_bubble_outline0

काठमाडौं महानगरले सहरी सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो ।  यसअघि नियमित सरसफाईमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो । वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईको भनाइ छ ।   


सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । पूर्व क्षेत्र (वडा नंं. ६, ७,  ९, १०, ३१ र ३२), पश्चिम क्षेत्र (१३, १४, १५, १६, १७ ) उत्तर क्षेत्र (१, २, ३, ४, ५, २६ र ३०) मध्य क्षेत्र (११, १२, १, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९) हुन् । यही क्षेत्रका आधारमा जनशक्ति परिचालन गरिएको छ । सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्ट भन्छन्, ‘एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ । रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरुको सफाइमा छुट्टै समूह बनाइएको छ । यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ ।’ 
 
यसरी खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेका छन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।