शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

बुधबार, २२ असार २०७९, ०६ : ५०
बुधबार, २२ असार २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु पदाधिकारी चयनकाे गृहकार्यमा लागेपछि हिजोको बैठक स्थगित गरिएको थियो । यसअघि पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । 

आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप