बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप

बुधबार, २२ असार २०७९, ०५ : ४२
बुधबार, २२ असार २०७९

नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप बढेको छ । नेपाल प्रहरीमा ३२ वटा एसएसपी पद रिक्त छ । आफूनिकटकालाई एसएसपी बनाउन सत्तारूढ दलका शीर्ष नेताहरूले हस्तक्षेप गर्न थालेका हुन् ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय भने ज्येष्ठता र कार्यसम्पादनका आधारमा एसएसपी बढुवा गर्ने तयारीमा छ । तर, पछिल्लो ब्याचका एसपीहरू शक्ति केन्द्रको आडमा ब्याच मिचेर जसरी पनि एसएसपी हुने दौडमा लागेपछि शक्तिकेन्द्रले गृहमन्त्री बालकृष्ण खाँड तथा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई दबाब दिन थालेको स्रोतको दाबी छ । 

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय राष्ट्रिय अनुसन्धान विभागमा स्थानान्तरण भएर आएका र २०५४ सालमा प्रहरी निरीक्षक भएका टोलीलाई बढुवा गर्ने पक्षमा छ । विभागमा ५ पुस २०५३ मा भर्ना भएका प्रहरी निरीक्षकलाई २५ पुस २०५८ मा नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो । त्यस टोलीमा बाँकी रहेका र २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकालाई तानेर एसएसपीमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ । आजको राजधानी दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप