शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा काज सरुवाका लागि  ‘भनसुन’ नगराउन सर्कुलर

मङ्गलबार, २१ असार २०७९, २३ : ०२
मङ्गलबार, २१ असार २०७९

नियमित सरुवालाई छलेर गरिने ‘काज सरुवा’का लागि भनसुन नगर्न र नगराउन प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर गरेको छ । काज सरुवा माग्ने र गर्ने प्रवृत्तिका कारण तोकिएको दरबन्दीमा प्रहरी नजाने र सहज युनिटमा अनावश्यक जनशक्ति थुप्रिने गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रदेश स्तरबाट गरिएका सम्पूर्ण काज तत्काल रद्द गर्न निर्देशन गरेको छ ।

प्रदेश प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट गृह जिल्लामा समेत काज गरेको देखिएको भन्दै प्रधान कार्यालयले त्यस्तो काज रद्द गरेर तोकिएको दरबन्दीमा रमान गर्न निर्देश गरेको छ । संगठनको चेन अफ कमाण्डभन्दा बाहिर गएर काजको लागि भनसुन नगर्न र नगराउन हेडक्वार्टरले सर्कुलर गरेको छ । सर्कुलरमा भनिएको छ,‘प्रहरी कर्मचारीले चेन अफ कमाण्डभन्दा बाहिर गएर व्यवसायीक मर्यादा, अनुशासन तथा संगठनको नीति निर्देशन विपरीत काजको लागि भनसुन नगर्ने, नगराउने ।’

प्रहरी नियमावली–२०७१ को नियम–५२ अनुसार ‘प्रहरी कर्मचारीलाई सामान्यतया काजमा खटाइने छैन्’ भन्ने व्यवस्थाबारे मातहतलाई जानकारी गराउन भनिएको छ । नियमित सरुवा प्रक्रियाबाट समेट्न नसकिने अवस्थामा मात्र काग गर्ने गरेको अवस्थामा काज सुरुवाको दुरुपयोग भएको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले काज खटिएर ६ महिना पुरा भएकालाई अनिवार्य रुपमा तोकिएको दरबन्दीमा रवाना गर्न सर्कुलर गरेको छ । प्रदेश प्रहरी कार्यालयलाई वतन भएको जिल्लामा काज नगर्न र सिफारिस पनि नगर्न निर्देश गरेको छ । एक ठाउँमा लामो समय बसेपछि अन्यत्र सरुवा हुँदा पुन सोही कार्यालयमा बस्नेगरी काज नगर्न र सिफारिस पनि नगर्न हेड्क्वार्टरले देशभर सर्कुलर गरेको छ ।

काज सिफारिस गर्दा कार्यालयको विशेष आवश्यकताका प्रहरी कर्मचारीको लागी मात्र सिफारिस गर्न र काज गर्न भनिएको छ । विशेष गम्भिर स्वास्थ्य समस्या र अवकाश हुने लागेको अवस्थामा  बाहेक काज माग नगर्न सर्कुलर गरिएको छ । त्यस्तै, नियमित सरुवा मार्फत पायक पर्ने स्थापनमा प्रहरी नियमावली अनुसार अनुसूची फारम भरेर प्रधान कार्यालय वा प्रदेश कार्यालयमा पठाउन सर्कुलर गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप