बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भगवानको फोटो भएको कागजमा मासु प्याक गरेको आरोपमा पक्राउ

मङ्गलबार, २१ असार २०७९, २२ : २४
मङ्गलबार, २१ असार २०७९

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा तालिब हुसेन नामका एक व्यक्तिलाई हिन्दू देवताहरूको तस्बिरसहितको अखबारमा बेरेर मासु बेच्ने र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको छ।

ट्विटरमा @chandan28791 नामक ट्विटर ह्यान्डलले सम्भल पुलिसलाई ट्वीट गरेको थियो। चन्दन आर्य नामका यी प्रयोगकर्ताले लेखेका थिएन्, ‘शहरको मञ्जर मेडिकलको छेउमा रहेको मेहक रेष्टुरेन्टले भगवानको फोटोसहितको झण्डै सय वटा पत्रिकामा मासु प्याक गर्दै गरेको भेटिएको छ । यसबारे प्रशासनले कडा कारबाही गर्नुपर्छ ।’

सञ्चारमाध्यमसँग कुरा गर्दै सम्भल प्रहरी चौकीका सर्कल अफिसर जितेन्द्र कुमारले भने, ‘एउटा सूचना प्राप्त भएको थियो । त्यसपछि तत्काल प्रहरी घटनास्थलमा पुग्यो । घटनास्थलमा पुगेपछि गैरकानूनी सामग्री जफत गर्‍यो थियो।’ कब्जामा लिएपछि घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले मुद्दा दर्ता गरेर अभियुक्त तालिबलाई पक्राउ गरी सम्बन्धित धारामा मुद्दा दर्ता गरी हिरासतमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप