
रामेछाप दुर्घटना : थप ४ मृतकको सनाखत

रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा ९ जना र काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा ४ जनाले ज्यान गुमाएका छन् ।
धुलिखेल अस्पतालमा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका अनुसार अस्पतालमा मृत्यु हुनेहरूमा सुनापति–५ घर भएका २४ वर्षीय बुद्ध तामाङ, ४५ वर्षीय राम बहादुर श्रेष्ठ, ६० वर्षीय नेमा तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ घर भएकी ३६ वर्षीया धनमाया तामाङ छन् ।
धुलीखेल र बनेपा स्थित शिर मेमोरियलमा उपचाररत २१ जनामध्ये ७ जनालाई काठमाडौँको केएमसी अस्पताल र ललितपुर स्थित बिएण्डबी अस्पतालमा रिफर गरिएको छ ।
सुनापती गाउँपालिका–५ स्थित घटनास्थलमा मृत्यु हुनेहरू :
१. ठुला तामाङ, (६० वर्ष) सुनापति–५ रामेछाप ।
२. समरिता तामाङ, (२६ वर्ष) सुनापति–४ रामेछाप ।
३. खड्क बहादुर बिक, (३६ वर्ष) सुनापति–५ रामेछाप ।
४. कमल तामाङ, (२५ वर्ष) रोशी गाउँपालिका–४ काभ्रे ।
५. सुदीप गजमेर, (१८ वर्ष) पाँचखाल–८ काभ्रे ।
६. बिपना तामाङ, (२२ वर्ष) सुनापति–५ रामेछाप ।
७. शुभलक्ष्मी मानन्धर, (६० वर्ष) मण्डन देउपुर नगरपालिका –९ काभ्रे ।
८. सन्जु आले मगर, (३६ वर्ष) सुनापति–५ रामेछाप, खनियापनी ।
९. कुल बहादुर बिक, (४० वर्ष) पाँचखाल–८ काभ्रे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ