शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवाजुद्दीन सिद्दिकीकी पत्नीविरुद्ध ठगीको आरोप

मङ्गलबार, २१ असार २०७९, २२ : १९
मङ्गलबार, २१ असार २०७९

नवाजुद्दीन सिद्दिकीकी पत्नी तथा निर्माता आलिया सिद्दिकीको फिल्म ‘होली काउ’ को रिलिज मिति हालै घोषणा गरिएको छ । चलचित्र अगस्ट २६ मा सिनेमाघरमा रिलिज हुँदैछ । यद्यपि यो फिल्मको क्रिएटिभ प्रोड्युसर मञ्जु गढवालले आलिया सिद्दिकीमाथि ठगी गरेको गम्भीर आरोप लगाएकी छिन् ।

मञ्जुले आलियाले विगत साढे तीन वर्षदेखि आफ्नो करिब ३३ लाख रुपैयाँ भुक्तानी नगरेको दाबी गरेकी छन् । यस विषयमा उजुरी पनि परेको छ । दैनिक भास्करसँगको कुराकानीमा मञ्जु गढवालले भनिन्, ‘अहिले उज्जैन र अम्बोली थानामा उजुरी दर्ता छ। त्यहाँ आलियालाई आफ्नो पक्ष प्रस्तुत गर्न बोलाइएको छ । यदि पुलिस आलियाको तर्कमा सन्तुष्ट भएन भने उनको विरुद्ध एफआईआर दर्ता गरिनेछ।'

उनले आलियाविरुद्ध मुम्बईको सिने अर्गनाइजेसन फेडरेसनमा मुद्दा पनि दर्ता भएको बताए । त्यहाँ पछिल्लो दुई महिनादेखि आलियालाई आफ्नो पक्ष राख्न बोलाइएको छ । तर आलिया त्यहाँ पुगेकी छैनन् । यता आलिया भन्छिन्, ‘यो मुद्दा प्रहरी र अदालतमा छ । त्यसैले यस विषयमा अहिले म केही भन्न सक्दिनँ । जो गल्ती गर्छ, उसलाई कानुनले सजाय दिन्छ ।' 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप