पुल्चोकमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै
साहित्य र प्रविधिलाई जोड्ने प्रयत्नका रुपमा सिभिल इन्जिनियरिङ विद्यार्थी समाज-नेपाल पुल्चोक क्याम्पसको आयोजना तथा आईओई स्पोटलाइट क्लबको सहआयोजनमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुने भएको छ ।
मुख्य कार्यक्रम पुल्चोक क्याम्पस परिसरमा साउन १० गते हुनेछ । दुई चरणमा हुने कार्यक्रमका लागि आवेदन दर्ता असार २१ गतेदेखि खुलेको आयोजक टोलीका योगराज पोखरेलले जानकारी दिए । ‘शब्दयान- प्रविधिको आधार’ साहित्य नाराका साथ हुने कार्यक्रम विद्यालयस्तरीय (कक्षा ८ देखि कक्षा १२) रहने कार्यक्रम सहजकर्ता दीप सागर ज्ञवालीले दिए ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद र थुप्रै आकर्षक उपहारहरू पाउने छन् भने द्वितीय हुने २० हजार र तृतीय हुने १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सान्त्वना पुरस्कार १० हजार पाउनेछन् । साथमा अफर र गिफ्ट ह्याम्पर पनि प्रदान गरिने कार्यक्रमका संयोजक सोमनाथ लुइटेलले जानकारी दिए ।
कवितावाचन प्रतियोगिता शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता एवम् नेपाल प्रज्ञा परिषदका प्राज्ञहरुको आतिथ्यतामा संचालन हुने अर्का कार्यक्रम संयोजक भुवनसिंह कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
-
ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने
-
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
-
नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु