शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुल्चोकमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

मङ्गलबार, २१ असार २०७९, २२ : १६
मङ्गलबार, २१ असार २०७९

साहित्य र प्रविधिलाई जोड्ने प्रयत्‍नका रुपमा सिभिल इन्जिनियरिङ विद्यार्थी समाज-नेपाल पुल्चोक क्याम्पसको आयोजना तथा आईओई स्पोटलाइट क्लबको सहआयोजनमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुने भएको छ ।

मुख्य कार्यक्रम पुल्चोक क्याम्पस परिसरमा साउन १० गते हुनेछ । दुई चरणमा हुने कार्यक्रमका लागि  आवेदन दर्ता असार २१ गतेदेखि  खुलेको आयोजक टोलीका योगराज पोखरेलले जानकारी दिए । ‘​शब्दयान- प्रविधिको आधार’ साहित्य नाराका साथ हुने  कार्यक्रम विद्यालयस्तरीय (कक्षा ८ देखि कक्षा १२) रहने कार्यक्रम सहजकर्ता दीप सागर ज्ञवालीले दिए । 

प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद र थुप्रै आकर्षक उपहारहरू पाउने छन् भने  द्वितीय हुने २० हजार र तृतीय हुने १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै  सान्त्वना पुरस्कार १० हजार पाउनेछन् । साथमा अफर र गिफ्ट ह्याम्पर पनि प्रदान गरिने  कार्यक्रमका संयोजक सोमनाथ लुइटेलले जानकारी दिए ।  

कवितावाचन प्रतियोगिता शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता एवम् नेपाल प्रज्ञा परिषदका प्राज्ञहरुको आतिथ्यतामा संचालन हुने अर्का कार्यक्रम संयोजक भुवनसिंह कार्कीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप