ad
x

अमेरिकामा अर्को सामुहिक गोलीकाण्ड, तीन जनाको मृत्यु

person explore access_timeअसार २१, २०७९ chat_bubble_outline0

अमेरिकाको इन्डियाना राज्यस्थित ग्यारीमा एउटा नाइट क्लबमा गोली चलेको छ । घटनामा १० जनालाई गोली लागेको थियो जसमध्ये तीन जनाको मृत्यु भएको छ। 


मारिनेमा एक पुरुष र दुई महिला रहेका छन् । ग्यारी प्रहरीले बिहान १२ बजेर ४६ मिनेटमा गोली चलेको जानकारी प्राप्त गरेको बताएको छ । घाइते ७ जनालाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ । यो वर्ष अमेरिकामा भएको सामुहिक गोलीबारीको २६३ औँ घटना हो ।



 सोमबार मात्र अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा शिकागोमा आयोजित परेडमा गोली चलेको थियो। घटना शिकागोको उपनगर हाइल्याण्ड पार्कमा भएको हो। घटनामा छ जनाको मृत्यु भएको र १६ जना घाइते भएका थिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।