शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उपभोक्ता ठग्ने ३ हजार फर्मलाई कारबाही, १ करोड ७७ लाख राजश्व संकलन

मङ्गलबार, २१ असार २०७९, २२ : ००
मङ्गलबार, २१ असार २०७९

चालू आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न फर्मलाई १ करोड ७७ लाख ८१ हजार रुपैयाँ जरिवाना गरेको छ । चालू वर्षको असार २० गतेसम्ममा गरिएको अनुगमनका क्रममा उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई उक्त मूल्य बराबरको जरिवाना गरिएको हो ।

विभागका अनुसार यस अवधिमा बजार अनुगमनका क्रममा ३ हजार ३४ वटा व्यापारिक फर्ममा अनुगमन गरिएको थियो । त्यसक्रममा विभिन्न बाहानामा उपभोक्ता ठग्दै आएका १ हजार ३०१ वटा फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ ।

यस्तै, २०७९ साल असार १ गतेदेखि २० गतेसम्ममा २७८ वटा फर्मको अनुगमन गरिएको छ । जसमध्ये ८७ वटा फर्मले विभिन्न बहानामा उपभोक्तालाई ठग्दै आएको पाइएको छ । उनीहरूले उपभोक्तासँग बजारभन्दा बढी मूल्य लिने तथा गुणस्तरहीन वस्तु बिक्री वितरण गर्दै आइरहेका थिए । ती फर्मलाई २५ लाख ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यसका साथै, चालू आर्थिक वर्षको अहिलेसम्मको अवधिमा म्याद नाघेका वस्तु समेत नष्ट गरिएको विभागका प्रवक्ता हरि पंगेनीले जानकारी दिए । उनका अनुसार यस अवधिसम्ममा ५४ लाख ६० हजार ८५२ मूल्य बराबरका माल वस्तु नष्ट गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप