करणीपछि बालिकाद्वारा आत्महत्या, दोषीलाई पक्राउको माग गर्दै प्रदर्शन

सिरहामा बालिकालाई करणी गरी आत्महत्या गर्न दुरुत्साहन गर्ने युवकलाई कारबाहीको माग गर्दै स्थानीयहरूले प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका १ मल्हनियाँकी १४ वर्षीया बालिकालाई करणी गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै स्थानीयले गाउँकै दुई युवकलाई कारबाहीको माग गरेका हुन् ।
गत सोमबार राति करिब १ बजे स्थानीयले २० वर्षीय विमलेश महरा र २४ वर्षीय शतिस साफीलाई बालिकासँग फेला परेको बताएका छन् । गाउँलेहरु शतिसलाई समात्न सफल भएका थिए भने विमलेश भागेका थिए । शतिसले विवाह गर्ने प्रलोभन देखाउँदै घरबाट बोलाएर लगेको बालिकाले आफन्तसँग बताएकी छन् । बालिकाका बुवा रोजगारीको लागि कतारमा रहेका छन् । उनी आमा, दाइ, बहिनी र भाइहरूसँगै घरमा बस्दै आएकी थिइन् ।
राति शतिस र बालिका दुवैलाई घर पठाएको भएपनि दोस्रो दिन बालिका घरमै पासो लागेको अवस्थामा फेला परेकी गाउँलेले बताएका छन् । दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका स्थानीयले प्रहरीले दोषीलाई कारबाही गर्ने भनेपछि शव पोस्टमार्टमका लागि लगिएको हो । यसैबीच परिवारले आजै इलाका प्रहरी कार्यालय मिर्चैयाका विमलेश र शतिसको नाममा किटानी जाहेरी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी