शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतविरुद्ध इंग्ल्याण्डको कीर्तिमानी जीत

मङ्गलबार, २१ असार २०७९, २० : ३४
मङ्गलबार, २१ असार २०७९

एजब्यास्टन टेस्टमा इंग्ल्याण्डले भारतलाई ७ विकेटले पराजित गरेको छ । सिरिजमा भारतीय टोली २–१ ले अगाडि थियो तर यो हारले सिरिज बराबरीमा टुंगिएको छ । इंग्ल्याण्डको जितका नायक बने जोनी बेयरस्टो, जसले दुवै इनिङ्समा शतक बनाए ।

यस टेस्ट म्याचमा तेस्रो दिनसम्म भारतीय टोली मजबुत स्थितिमा थियो तर चौथो दिन टोलीले केही गल्ती गर्‍यो जसका कारण हार बेहोर्नु पर्‍यो । पाँचौँ टेस्ट जित्नका लागि दोस्रो इनिङ्समा इंग्ल्याण्डलाई ३७८ रनको लक्ष्य दिएको थियो, जुन उसले तीन विकेट गुमाएर पुरा गर्‍यो । टेस्ट क्रिकेटमा इंग्ल्याण्डले सफलतापूर्वक पछ्याएको सबैभन्दा ठूलो स्कोर हो । दोस्रो इनिङ्समा इंग्ल्याण्डका खेलाडीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । जो रुट र जोनी बेयरस्टोले शतक बनाए । 

भारतले पहिलो इनिङ्समा ४१६ रन बनाएको थियो भने इंग्ल्यान्डले २८४ रन मात्र बनाएको थियो । भारतले पहिलो इनिङ्सको आधारमा १३२ रनको महत्त्वपूर्ण अग्रता लिएको थियो । तर दोस्रो इनिङ्समा भारतले निराशाजनक ब्याटिङ गर्दै टोलीले २४५ रन मात्रै बनाउन सकेको थियो । गत वर्ष सुरु भएको यस सिरिजका चार खेलमा भारत २–१ ले अगाडि थियो । तर अहिले पाँचौँ टेस्ट भारतले हारेर इंग्ल्याण्डमा इतिहास रच्नबाट चुक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप