बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्यात वृद्धि र महँगी नियन्त्रण गर्ने लक्ष्यसहित मौद्रिक नीति ल्याउन ढकालको सुझाव

मङ्गलबार, २१ असार २०७९, २० : ३२
मङ्गलबार, २१ असार २०७९

नेपाल उद्योग, वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवस्थित र सन्तुलित ल्याउनुपर्ने बताएका छन् । आज नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले यस्तो सुझाव दिएका हुन् ।

उनले यतिबेला देशमा तरलताको अभाव छ र महँगी बढेको स्थितीलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने आफ्नो अपेक्षा रहेको बताए । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन, ब्याज स्थायित्व र बाह्य क्षेत्र व्यवस्थापन गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ । यस्तै, कोभिड महामारीका कारणले अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति ल्याउनुपर्ने ढकालले बताए । ‘गत वर्षको मौद्रिक नीतिमा निजी क्षेत्रले दिएका धेरै विषय समेटिएका थिए । त्यति बेलाको मौद्रिक नीतिलाई निजी क्षेत्रले स्वागतयोग्य भनेको थियो,’ ढकालले भने ।

तर, गत वर्षकोभन्दा अहिलेको अर्थतन्त्र समस्यामा परेकाले आगामी वर्षको मौद्रिक नीतिले धेरै विषयलाई समेट्नुपर्ने स्थिती रहेको ढकालको भनाइ छ । अहिले बढ्दो अवस्थामा रहेको आयात र यसबाट सृजित डलरको मौज्दात घट्ने स्थितीलाई नियन्त्रणमा ल्याउने गरेर मौद्रिक नीतिको आवश्यक्ता परेको देखिन्छ । यसका साथै, साना तथा मझौला उद्योगको प्रबद्र्धन गर्ने गरी र उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने खालको नीति ल्याउन ढकालले राष्ट्र बैंकलाई सुझाव दिए ।

यसैगरी, आगामी आर्थिक वर्षमा नेपालको निर्यात बढाएर व्यापार घाटा न्यूनीकरणमा भूमिका खेल्ने गरी मौद्रिक नीति ल्याउन समेत उनको भनाइ छ । यसो गर्न सकेमा नेपालको विदेशी मुद्रा सञ्चितीको समस्या समाधान हुने ढकालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप