बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीका प्रशिक्षक पोचेटिनो बर्खास्त

मङ्गलबार, २१ असार २०७९, २० : ३०
मङ्गलबार, २१ असार २०७९

फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) ले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो १८ महिनामै बर्खास्त गरेको छ । पीएसजीले मंगलबार ५० वर्षीय अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोलाई बर्खास्त गरेको जनाएको हो ।

पोचेटिनो सन् २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । पोचेटिनो प्रशिक्षणमा पीएसजीले सन् २०२० को ट्रफी डेस च्याम्पियन्स,  २०२०–२१ को कप डे फ्रान्स र फ्रेन्च लिग वानको उपाधि जितेको थियो ।

पोचेटिनोको १८ महिने कार्यकालमा पीएसजीले ८४ खेल खेलेको थियो । यूईएफए च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाएको पीएसजी गएको सिजन पनि अन्तिम १६ बाटै बाहिरिएपछि मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप