शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्री कुँवरद्वारा कोरियन भाषा परीक्षा केन्द्रको अनुगमन

मङ्गलबार, २१ असार २०७९, २० : २७
मङ्गलबार, २१ असार २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्रणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन् । 

अनुगमनका क्रममा उनले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा जानकारी लिए । रोजगारीका लागि कोरिया जाने कामदारको परीक्षा प्रत्येक वर्ष इपिएस कोरिया शाखाले लिने गर्दछ ।

यस वर्ष गत जेठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र यही असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २०० जनाले परीक्षा दिइरहेका छन् । यस वर्ष ४४ हजार भाषा परीक्षामा सहभागी भएको इपिएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप