चलचित्र चिसो मान्छे यूएईमा प्रदर्शन हुने
वैदेशिक रोजगारीको कथा समेटिएको नेपाली कथानक चलचित्र चिसो मान्छे यूएईलगायत मध्यपूर्वका बहराइन , कतार, र ओमान प्रदर्शन हुने भएको छ । चलचित्र जुलाई ७ तारिकदेखि प्रदर्शन हुने मध्यपूर्वका लागि वितरक रमेश ढकालले जानकारी दिएका छन् ।
कोरोनाको समयमा वैदेशिक रोजगारीमा मृत्यु भएको नेपालीको शव काठमाडौं एअरपोर्टबाट सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला लैजाँदै गरेको यात्रालाई सिनेमा देखाएको छ । चलचित्रको लेखन तथा निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् भने स्वस्तिमा खड्का र अर्पन थापाको मुख्य भूमिकामा अभिनय रहेको छ । खनालले यसअघि आमा र पशुपती प्रसाद जस्ता नेपाली समाजको यथार्थ चित्रण गरिएका सफल चलचित्रहरूमा निर्देशन गरिसकेका छन् ।
ढकालका अनुसार मध्यपूर्वका ३० भन्दा बढी सिनेमा हलहरुमा उक्त चलचित्र प्रदर्शनी हुनेछ । यसअघि कबड्डी ४ ले समेत खाडी राष्ट्रहरुमा राम्रो व्यापार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय