शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीमा पोचेटिन्हो आउट, गाल्टियर इन

मङ्गलबार, २१ असार २०७९, २० : १५
मङ्गलबार, २१ असार २०७९

पेरिस सेन्ट जर्मेनले माउरिसियो पोचेटिन्होलाई बर्खास्त गर्दै क्रिस्टोफर गाल्टियरलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । गाल्टियरले क्लबसँग दुई वर्षको करार गरेका छन् ।

गत सिजन निसलाई लिग वानको पाँचौ स्थान र फ्रेन्च कपको फाइनलसम्म पुर्‍याएर उनले क्लब छाडेका थिए । ५५ वर्षीय प्रशिक्षकले सन् २०२१ मा लिललाई लिग वानको उपाधि पनि दिलाएका थिए । सन् २०११ मा कतारी मालिकले क्लब किनेपछि नेतृत्व सम्हाल्ने गाल्टियर सातौँ प्रशिक्षक हुन् ।

पछिल्लो एक दशकमा पीएसजीलाई लिग उपाधि जित्नबाट रोक्ने मात्र दुई म्यानेजरमध्ये एक उनी हुन् । सन् २०१६-१७ सिजनमा लियोनार्डो जार्डिमले मोनाकोलाई लिग उपाधि दिलाएका थिए । 

उता गत सिजन क्लबलाई लिग उपाधि दिलाएका पोचेटिन्हो क्लबको म्यानेजर नियुक्त भएको मात्र १८ महिनामा बर्खास्त भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप