शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि उद्धार, महिला पक्राउ

मङ्गलबार, २१ असार २०७९, २० : ०६
मङ्गलबार, २१ असार २०७९

गत असार ६ गते जनकपुरधामबाट अपहरणमा परेका ३ वर्षीय बालक सोहन चौधरीलाई धनुषा प्रहरीले सकुशल अपहरण मुक्त गराएको छ ।

भारतको सीतामढी, बर्गिनिया प्रखण्डका हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन अपहरणमा परेको सूचना पाए लगत्तै धनुषा प्रहरीले खोजतलास सुरु गरेको थियो । सोही क्रममा महोत्तरीको पिपरा गाउँपालिका– ४ बाट सोहनलाई फेला पारेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । बच्चाको अपहरणमा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका–४ बस्ने ५५ वर्षीय मैथुन खातुनलाई प्रहरीले पक्राउ गरेको छ । 

असार ६ साँझ जनकपुरधामको भ्रमरपुरा चोकमा खेलिरहेका सोहन बेपत्ता भएका थिए । सीसीटीभी फुटेजमा तीन वर्षीय सोहनलाई एक महिलाले आफूसँगै लगेको फेला पारेपछि धनुषा प्रहरीले अनुसन्धान अघि बढाउँदै बालकसम्म पुग्न सफलता पाएको हो ।

अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकी ५५ वर्षीया खातुनले बालक अपहरण गर्नुको प्रस्ट कारण खुल्न बाँकी छ । यद्यपि, उनका छोरीमात्र रहेको र छोरीहरुको बिहे भइसकेका कारण छोरा बनाएर पाल्ने लोभमा सोहनको अपहरण गरेको हुन सक्ने प्रहरी उपरीक्षक रजौरेले बताए ।

पक्राउ परेकी खातुन विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा लगाएर थप अनुसन्धान गरिने प्रहरी उपरीक्षक रजौरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप