शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा ४० वर्षयताकै उच्च महँगी, चिनियाँ समानमा भन्सार घटाउने बहस

मङ्गलबार, २१ असार २०७९, २० : ००
मङ्गलबार, २१ असार २०७९

अमेरिकाको अर्थ मन्त्रीको जिम्मेवारी हेर्ने ट्रेजरी सेक्रेटरी जेनेट यलेन र चिनियाँ उप–प्रधानमन्त्री लिउ हेबीच आर्थिक मुद्दामा छलफल भएको छ ।  छलफल अन्तराष्ट्रिय व्यापार र आपुर्ति श्रृङ्खलाको विषयमा केन्द्रीत रहेको दुवै पक्षले बताएका छन् ।  

जो बाइडेन सरकारले बढ्दो महँगीलाई मध्यनजर गर्दै पछिल्लो समय चिनियाँ सामानमाथिका भन्सार घटाउने विषयमा विचार गरिरहेको बेला वार्ता भएको हो । मंगलबार आफ्ना चिनियाँ उपप्रधानमन्त्रीसँगको यलेनले ‘खुला मनका साथ’ चीनको ‘असमान, बजारविरोधी’ आर्थिक नीति र युक्रेनविरुद्धको रुसी युद्धबारे कुरा गरेको अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले एक वक्तव्यमा भनेको छ । 

फोन सम्वादपछि चीनको वाणिज्य मन्त्रालयले पनि सक्षम अर्थशास्त्रीय अवस्था र वैश्विक आपुर्ति चेनको स्थायित्वमाथि ‘व्यवहारिक र खुला’ वार्ता भएको बताएको छ । चीनले वार्तामा आफ्ना सामानमाथिको अमेरिकी भन्सार र चिनियाँ कम्पनीहरुमाथिका प्रतिबन्धको विषय उठाएको वाणिज्य मन्त्रालयले बताएको छ । 

‘विश्व अर्थतन्त्रले कठिन चुनौती सामना गरिरहँदा चीन र अमेरिकाबीच वृहत्तर नीतिमा सञ्चार र समन्वय बलियो बनाउनुको ठूलो महत्व हुन्छ,’ चीनको वाणिज्य मन्त्रालयले एक वक्तव्यमा भनेको छ । 
दुई देशबीचको वार्ताको समय पनि महत्वपूर्ण रहेको छ । वार्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ सामाग्रीको आयतमाथिको भन्सार घटाउने सम्भावनामा विचार गरिरहेको समय आएको छ । 
अमेरिकामा महगीं चालिस वर्षयता कै सबैभन्दा तिव्र गतिमा बढिरहेको छ । 

अमेरिकामा बढ्दो महँगीले आगामी चुनावमा असर पार्ने विश्लेषणमाझ डेमोक्रेटिक पार्टी महँगी घटाउने विभिन्न विकल्पमा सोचविचार गरिरहेको छ । यसमा चिनियाँ सामानमाथि लगाइएको उच्च कर घटाउने मुद्दालाई पनि एक विकल्पका रुपमा हेरिएको छ । तर बाइडेनको क्याबिनेटमा चिनियाँ आयतमाथिको भन्सार हटाउने विषयमा एकमत नरहेको स्रोतलाई उदृत गर्दै अन्तराष्ट्रिय मिडियाले लेखेका छन् । यलेन भने चिनियाँ सामानमाथिको भन्सार घटाउनुपर्ने पक्षमा छिन् । उनले सार्वजनिक रुपमा बाइडेनलाई यसको माग गर्दै आएका थिए । 

उनले चिनियाँ आयतमाथिको भन्सारले ‘अमेरिकाको कुनै रणनीतिक फाईदा नगर्ने’ र यसको मुल्य ‘चीनका नागरिकलेभन्दा अमेरिकीहरुले चुकाईरहेको’ बताएकी छन् । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘असमान चिनियाँ व्यापारिक अभ्यास’लाई नियन्त्रण गर्न भन्दै अमेरिका आयात हुने चिनियाँ सामानमा भन्सार लगाएका थिए । गत महिना जर्मनीमा भएको जी–७ सम्मेलनमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभ्यानले छिट्टै बाइडेन र सी जिनपिङबीच बैठक हुने बताएका थिए । हककंगस्थित न्याटिछिसका वरिष्ठ अर्थशास्त्रीले अमेरिका र चीनबीच छलफल तथा भन्सार न्युनिकरणको प्रतिद्वन्दिता भने नघट्ने बताए । 

अल–जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप