
रोयललाई यु–२३ पुरुष बास्केटबलको उपाधि

चिरपरिचित प्रतिद्वन्द्वी टाइम्सको चुनौतीलाई पच्छ्याउँदै रोयलले यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा रोयलले टाइम्सलाई ६६–५७ को स्कोरमा स्तब्ध बनाउँदै उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रोयलले पहिलो क्वार्टरमा २३–१८ को स्कोरबाट अग्रता लिएको थियो । दोस्रो क्वार्टरमा पनि रोयले अग्रतालाई कायम राखेको थियो । दोस्रो क्वार्टरमा २२–१६ अग्रता लिएको रोयलले तेस्रो क्वार्टर भने ८–१० ले पछि परेको थियो । अन्तिम तथा निर्णायक क्वार्टरमा समान १३–१३ स्कोर गरे पनि रोयलले समग्रमा ६६–५७ को स्कोर निकाल्दै उपाधि जित्न सफल भएको हो । रोयलका निकेस मगरले सर्वाधिक २२ स्कोर गरे ।
च्याम्पियन बनेको रोयले नगद १ लाख रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता बनेको टायम्सले ५० हजार रुपैयाँमा चित्त बुझायो । मदन भण्डारी स्पोर्ट्स एकेडेमी अन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगिता ७१ औं मदन जयन्तीका अवसरमा आयोजना भएको थियो । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । आयोजकले सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाएको थियो । विजयी खेलाडीलाई एकेडेमीका अध्यक्ष धुब्र आचार्य लगायतले पुरस्कार वितरण गरे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ