अजोड इन्स्योरेन्सको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न
अजोड इन्स्योरेन्सले आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ जना दाताले रक्तदान गरेका छन् । सोही अवसरमा संस्थाले हिमालयन बृद्धा आश्रममा आश्रित ४३ जना बृद्धबृद्धाहरुका लागि खाद्यान्न सहयोग गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२०७५।०३।२१ देखि आफ्नो व्यवसायिक कारोवार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत रहेका छन् भने आधारभूत निर्जीवन बीमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षती मूल्याङ्गकनकर्ता ३९ जना र १२२ जना बीमा सर्भेयरहरु सूचीकृत रहेका छन् ।
कम्पनीले आ.व. २०७८।०७९ को असार २० सम्ममा १,२२,९६५ बीमालेख जारी गरी कुल बीमा शुल्क रु. १ अर्व ५६ करोड आर्जन गरेको छ । साथै कुल दाबी भुक्तानी संख्या ५०२६ मार्फत कुल दाबी भुक्तानी रकम रु.७१ करोड ५८ लाख भुक्तानी गरिसकेको छ । कम्पनीको चुक्ता पूँजी रु. १ अर्व भएको जगेडा तथा कोषमा रु. १३ करोड ९५ लाख र बीमा कोषमा रु.१५ करोड ९२ लाख संचित गरी सम्पूर्ण बीमितहरुको विश्वास जित्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल