असार मसान्तभित्र जिल्ला न्यायाधीशको सिफारिस गर्न अल्टिमेटम
आगामी असार मसान्तभित्र जिल्ला न्यायाधीशको नियुक्ति सिफारिस नगरे आन्दोलनमा जाने ट्रेड युनियनहरूले घोषणा गरेका छन् । मंगलबार सर्वोच्च अदालतमा दर्ता रहेका चारवटा निजामति ट्रेड युनियनले असार मसान्तभित्रै जिल्ला न्यायाधीशको सिफारिस गर्न माग गर्दै न्याय परिषद् र सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका हुन् ।
मंगलबार चारवटा संगठनबाट जारी विज्ञप्तिमा जिल्ला न्यायाधीशको सिफारिस र नियुक्ति नहुँदा न्याय सम्पादनमा ढिलाई भएको र शीघ्र न्याय पाउने हकमा बन्देज लागेको भन्दै मापदण्ड बनाउने नाममा न्यायाधीश सिफारिसमा ढिलाई नगर्न ध्यानाकर्षण गराएको हो ।
नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन निजामति र एकीकृत सरकारी कर्मचारी संगठनका तर्फबाट संयुक्त पत्र जारी गर्दै न्यायाधीशको सिफारिससम्बन्धी मापदण्डमा कर्मचारीको पनि सरोकार रहेको भन्दै छलफलमा सहभागी गराउन समेत माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण