
युट्युबमा अश्लिल शीर्षक राखेको आरोपमा पक्राउ

युट्युब च्यानलमा अश्लिल शीर्षक राखेर सामग्री पोष्ट गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरापालिका–७ घर भई काठमाडौं बस्ने प्रवेश लामा छन् ।
२२ वर्षका प्रवेश लामाले ‘४ रियल टिभी’ नामक युट्युब च्यानलमा अश्लीलता फैलाउने भिडियो बनाएर पोष्ट गरेको ब्यूरोले जनाएको छ । जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले उनीमाथि विद्युतिय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेका ब्यूरोका एसएसपी नबिन्द अर्यालले रातोपाटीलाई बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ