काँग्रेस पदाधिकारी बैठक : के-के विषयमा भयाे छलफल ?
नेपाली काँग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेकाे बैठक चुनावी रणनीति र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएकाे प्रवक्ता प्रकाशशरण महतले बताए ।
बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि सहभागी थिए । उपसभापति पूर्णबहादुर खड्काकाे संयोजनमा बसेकाे बैठकले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएकाे निवेदनबारे निर्णय हुने उनले बताए ।
उनले भने, "भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि केही निवेदन आएको छ । कसलाई मान्यता दिने, कसलाई नदिने भन्नेबारे पनि छलफल भयाे । केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मर्ज गर्न कुरा भएकाे छ ।" काँग्रेसका १३ भ्रातृ र १९ शुभेच्छुक संस्था रहेका छन् । यसमध्ये केहीलाई मर्ज गर्ने र थप केहीलाई मान्यता दिने तयारी भइरहेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
उनले भने, "आज भ्रातृ तथा शुभेच्छुक संस्थाबारे मात्र छलफल भएकाे हाे । अरु कुनै विषयमा छलफल भएन । फेरि बस्ने गरी आजकाे बैठक सकिएकाे छ ।" बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति ल्याउनुपर्नेमा नेताहरुले जाेड दिएका थिए । युनियनकाे ९ औं महाधिवेशन साउन ६ र ७ गते हेटौँडामा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण