आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘झिंगेदाउ’ को ‘आगो बिना बिँडी जल्दैन’ गीतमा केकी  र मुकुनको छमछमी

मङ्गलबार, २१ असार २०७९, १७ : २४
मङ्गलबार, २१ असार २०७९

पुराना निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म हो ‘झिंगेदाउ’ । फिल्मको पहिलो गीत ‘आगो बिना बिँडी जल्दैन’ सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गीतमा फिल्मका मुख्य ४ कलाकार केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल विष्टको नृत्य देख्न सकिन्छ । 

तामझामका साथ ठूलो संख्यामा कोरस डान्सर प्रयोग गरेर छायांकन भएको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा  शान्तिश्री परियार र प्रविन बेडवालको स्वर छ । 

फिल्ममा केकी, मुकुन, आँचल र कुशलको अलवा हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कथामा आधारित रहेर निर्माण भएको फिल्ममा प्रदीप भारद्वाजले लेखेका हुन् ।

बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको फिल्मका निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा रहेका छन् । फिल्म भदौ १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
कार्यक्रममा निर्देशक देउजाले फिल्मलाई स्तरीय बनाउन आफूले कुनै कसुर बाँकी नराखेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप