शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिइने छ : मन्त्री श्रेष्ठ

मङ्गलबार, २१ असार २०७९, १७ : १५
मङ्गलबार, २१ असार २०७९

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिने काम भइरहेको बताए । मंगलवार मन्त्रालयले आयोजना गरेको कर्मचारीको नयाँ सोच/इनोभेटिभ आइडिया प्रस्तुतका लागि प्रतिभा डबली अन्तिम चरणको छनोट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  

उनले सरकारी सेवामा कार्यरत कर्मचारीहरुको बीचमा प्रतिभाको प्रतिष्पर्धा गर्नुले आगामी दिनमा अध्ययन र अनुसन्धानको पाटोलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले सीप र क्षमतालाई प्रतियोगिताको माध्यमबाट अघि सार्दा आगामी दिनमा कर्मचारीहरुमा काम गर्ने क्षमताको बिस्तार हुने अपेक्षा राखेको बताए । उनले कर्मचारीहरुले सेवाग्राहीलाई राम्रो ढंगबाट सेवा दिने नविन उपायहरु प्रतिस्पर्धाबाट आउने बताए ।  

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले कार्यक्रमले बाहिरी समाजमा विद्यमान कर्मचारीमा रहेको पुरातनवादी सोचको आरोपलाई चिर्ने काम गर्ने विश्वास लिएको बताए । उनले बाहिर कर्मचारीहरुमा कुनै नयाँ योजना नै छैनन् भन्ने भ्रम रहेकोले त्यसलाई चिरेर अघि बढ्न आवश्यक रहेको बताए । मुख्यसचिव बैरागीले प्रतिभाको कदर, सम्मान र प्रतिभाको उचित वातावरण सिर्जना गरेर प्रस्फुटन हुने मौका दिने हो भने निजामति सेवाले फड्को मार्ने दाबी गरे ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप