शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा एक बालिकाको मृत्युपछि धार्मिक समूहका १२ जना पक्राउ

मङ्गलबार, २१ असार २०७९, १७ : ०३
मङ्गलबार, २१ असार २०७९


अष्ट्रेलियामा आठ वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक धार्मिक समूहका १२ जना सदस्यलाई पक्राउ गरिएको छ । आठ वर्षीया एलिजाबेथ स्ट्रट्सको जनवरी ७ मा उनको ब्रिसबेनस्थित घरमा मृत्यु भएको थियो ।

ती बालिकालाई टाइप १ मधुमेह थियो र करिब एक सातादेखि इन्सुलिन दिइएको थिएन । यस वर्षको सुरुमा बालिकाका आमाबाबुले हत्या, यातना र जीवनका आवश्यकताहरू उपलब्ध नगराएको आरोप लगाएका थिए ।

अब प्रहरीले यस मामिलामा अन्य १२ जनाविरुद्ध पनि मुद्दा दर्ता गर्ने जनाएको छ । यी १२ जनाको उमेर १९ देखि ६४ वर्षको बीचमा रहेको छ ।

क्वीन्सल्याण्ड प्रहरीले एक विज्ञप्तिमा बताए अनुसार यो समूहलाई एलिजाबेथको खस्कँदो स्वास्थ्यबारे जानकारी भएतापनि उनीहरुले कुनै पनि मद्दत मागेका थिएनन् । प्रहरीका अनुसार ती बालिकाका आमा–बुवा जेसन र केरी एउटा सानो धार्मिक समूहका सदस्य हुन् ।

प्रहरीले लगाएको आरोप अनुसार बालिकाको अवस्था निकै खराब हुँदा पनि उनका आमा–बुवा र अन्य मानिस प्रार्थना गरिरहेका थिए ।

बालिकाको मृत्यु भएको एक दिनपछि अधिकारीलाई बोलाइयो । यो घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीले आफूहरुले यस्तो खालको घटना पहिला कहिल्यै नदेखेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप