शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सी जिनपिङलाई भेटेका हङकङका सभासदलाई कोभिड

मङ्गलबार, २१ असार २०७९, १६ : ४८
मङ्गलबार, २१ असार २०७९

चिनियाँ राष्ट्रपति सी जिनपिङको हककङ भ्रमणका क्रममा उनीसँग भेटेका एक जना सभासद कोरोना संक्रमित भएका छन् ।  हङकङको सबैभन्दा ठूलो बेइजिङ–पक्षधर पार्टी ‘डेमोक्रेटिक एलाइन्स फर द बेटरमेन्ट अफ प्रोग्रेस इन हङकङ(डीएबी)’का नेता स्टीभन होलाई जुलाई २ मा कोरोना पाइएको थियो । 

होले आइतबार उनको फेसबुक पेजमा आफू संक्रमित भएपछि एकान्तवासमा बसेको जानकारी दिएका छन् । ​होले जुन ३० मा सीलाई भेट्नुअघि गरिएको परीक्षणमा भने नतिजा नेगेटिभ रहेको पनि बताएका छन् । 

स्थानीय टेलिभिजन आरटीएचकेले उनी र सीको सँगैको तस्विर बसेको फोटो सार्वजनिक गरेको छ । सी हङकङ बेलायतको शासनबाट चीनको शासनमा आएको २५ औं वार्षिकोत्सव कार्यक्रममा भाग लिन सहर गएका थिए । 

सीकै भ्रमणको समयमा सहरका नयाँ प्रशासक जोन लीको पनि सपथ ग्रहण गराइएको थियो । हङकङ भ्रमण कोरोना महामारी सुरु भएपछिको सीको मुलभूमि चीन बाहिरको पहिलो भ्रमण थियो ।  

सीको भ्रमणअघि हङकङका अधिकारीले सहरमा कोरोना परीक्षण तथा क्वारेन्टाइनको व्यवस्थालाई कडाइ गरेका थिए । सीले यसअघि पछिल्लो पटक सन् २०१७ मा हङकङको भ्रमण गरेका थिए । त्यस समय नव निर्वाचित प्रशासक क्यारी ल्यामको शपथ ग्रहण समारोहमा सहभागी हुन गएका थिए । 
अल–जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप