ad
x

बेँसीसहर सडकको एक सय ५७ मिटर ढलान

person explore access_timeअसार २१, २०७९ chat_bubble_outline0

बेँसीसहर नगरपालिका-८ स्थित सेरा क्षेत्रमा एक सय ५७ मिटर सडक ढलान कार्य सम्पन्न भएको छ । लागत साझेदारी कार्यक्रमअन्तर्गत करिब ३२ लाख रुपैयाँको लागतमा सडक निर्माण भएको हो ।


आर्थिक वर्ष २०७८(७९ को बेँसीसहर नगरपालिका-८ र स्थानीयको लागत साझेदारीमा वडा नम्बर ८ सेरास्थित लालबहादुर श्रेष्ठको घरदेखि मंगलको घरसम्मको एक सय ५७ मिटर सडक ढलान भएको वडा अध्यक्ष पवित्रा थापा रानाले बताइन् ।



नगरपालिकाको १७ लाख ८० हजार चार सय ६० रुपैयाँ, स्थानीयवासीको ११ लाख ८६ हजार नौ सय ७३ रुपैयाँ र वडाको दुई लाख गरी कुल ३१ लाख ६७ हजार चार सय ३३ रुपैयाँको लागतमा बाटो मर्मत तथा ढलान गरिएको हो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।