विश्वको पहिलो घटना : पुरुष र महिला क्रिकेट खेलाडीलाई समान तलब
![विश्वको पहिलो घटना : पुरुष र महिला क्रिकेट खेलाडीलाई समान तलब](https://rpcdn.ratopati.com/media/albums/newzealand_2lMNkjBHww.jpg)
न्युजिल्याण्ड क्रिकेट बोर्डले एउटा ऐतिहासिक निर्णय गरेको छ । अब न्युजिल्याण्डमा पुरुष र महिला क्रिकेट खेलाडीलाई अब समान तलब दिइनेछ । यो निर्णय न्युजिल्याण्डका लागि अन्तरराष्ट्रिय स्तरमा क्रिकेट खेल्ने खेलाडीका साथै घरेलु स्तरमा हुने खेलमा पनि लागू हुनेछ ।
न्युजिल्याण्ड क्रिकेट बोर्ड र खेलाडीको असोसिएशनबीच पाँच वर्षका लागि सम्झौता भएको छ । यो ऐतिहासिक निर्णयपछि न्युजिल्याण्डका लागि व्यावसायिक स्तरमा क्रिकेट खेल्ने पुरुष र महिला क्रिकेटरलाई अब सबै खेलका लागि समान तलब दिइनेछ ।
अर्थात्, एक दिवसीय क्रिकेटका लागि महिला र पुरुष क्रिकेटरलाई बराबरको तलब दिइनेछ र यस्तै तलबमान टेस्ट क्रिकेट र टी–२० मा पनि लागू गरिनेछ । न्युजिल्याण्ड क्रिकेट बोर्डले महिला खेलाडीको संख्या बढाइने निर्णय गरेको छ ।
New Zealand Cricket announce new landmark five-year combined agreement for women’s and men’s cricketers.
— ICC Media (@ICCMedia) July 5, 2022
Details 👇 https://t.co/ZbB41byzUi
न्युजिल्याण्ड क्रिकेट बोर्डका मुख्य कार्यकारी डेभिड ह्वाइटले भने, ‘यो महत्वपूर्ण सम्झौतासम्म पुग्नका लागि म खेलाडी र प्रमुख संगठनलाई बधाई दिन्छु र उनीहरुलाई धन्यवाद दिन चाहन्छु ।’
बोर्डले आफ्नो बयानमा भनेको छ – यो सम्झौतापछि नेशनल क्रिकेट टिमका खेलाडीलाई १,४२,३४६ न्युजिल्याण्ड डलरभन्दा अधिकतम १६३,२४६ न्युजिल्याण्ड डलरसम्मको सम्झौता दिइनेछ जबकी घरेलु क्रिकेटका खेलाडीलाई १८,१४६ न्युजिल्याण्ड डलरभन्दा अधिकतम १९,१४६ न्युजिल्याण्ड डलरसम्मको अनुबन्ध दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती