शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बालेनले ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइदिएको मुकुट फिर्ता

मङ्गलबार, २१ असार २०७९, १६ : २५
मङ्गलबार, २१ असार २०७९

र्‍याप ब्याटल टिभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट फिर्ता गरिएको छ । मुकुटको विषयमा विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका हुन् । मुकुट फिर्ता गरिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिए ।

‘मुकुटको बिषयमा हामीलाई केही जानकारी थिएन । त्यसको बिषयमा जानकारी भएपछि हामीले गल्ती स्वीकार्दै फिर्ता गरेका हौ’ निर्देशक खड्काले भने । विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मुकुट लगाइदिएका थिए ।

संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि मात्र लगाउन मिल्ने भन्दै विरोध गरेपछि मुकुट विवादमा तानिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप