स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि आफ्नो दायित्व पुरा गर्न राज्यमन्त्री केसीको निर्देशन
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा समस्या रहेको भन्दै समाधानका लागि आफ्नो दायित्व अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । स्वास्थ्य सेवा विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री केसीले यस्तो बताएका हुन् ।
उनले सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालय मातहतको महत्वपूर्ण निकाय भएकाले पनि यसको सवलीकरणका लागि योजना बनाउनुपर्ने बताए । केसीले भने, ‘तपाईहरुले जनतालाई पहिलो केन्द्रमा राखेर काम गर्नुपर्छ । अहिलेपनि नागरिकहरु स्वास्थ्य सेवा सहज तरिकाले नपाएर भौतारीनुपर्ने अवस्था छ । यो अवस्थाको हल गर्नुपर्ने आजको आवश्यकता हो ।’
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले विभाग अन्तर्गतका कार्यक्रमबारेमा प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध